दोहोरो ओलम्पिक स्वर्ण विजेता रुदिशा विमान दुर्घटना बालबाल बचे

लोकपथ
91
Shares

काठमाडौं । लगातार दुई ओलम्पिक स्वर्ण पदक जितेका केन्याका मध्य दूरीका धावक डेभिड रुदिशा विमान दुर्घटनाबाट जोगिएका छन् । उनको विमान मैदानमा दुर्घटना भएको थियो ।

३३ वर्षीय पूर्व केन्याली खेलाडीले उक्त दुर्घटना भयानक भएको बताए । रुदिशाले लण्डन–२०१२ र रियो–२०१६ ओलम्पिकमा एथलेटिक्सको चार सय मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

रिपोर्टका अनुसार रुदिशासहित अन्य पाँच जना सवार विमान शनिवार दक्षिणपूर्वी केन्याको काजियाडो काउन्टीमा दुर्घटनाग्रस्त भएको थियो। सबै जना किमाना वन्यजन्तु आरक्षमा आयोजना गरिएको वार्षिक कार्यक्रममा सहभागी भई फर्किरहेका थिए ।

दुर्घटनापछि रुदिशाले डेली नेशनलाई भने, ‘उडानको ७–८ मिनेटसम्म सबै ठीकठाक थियो । अचानक विमानको इन्जिन बन्द भयो । यस्तो अवस्थामा पाइलटले खाली ठाउँ देखे । जहाँ विमान अवतरण गर्न सकिन्छ तर विमानको एउटा पंखा रुखमा ठोक्किएर विमान जमिनमा नै घुम्न थाल्यो । तर ती पाइलटले पत्याउनै नसकिने गरी हामीलाई जोगाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?