राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन : शेखर कोइराला

लोकपथ
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका छन् । राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी सरकारले ल्याउन लागिएको अध्यादेशको कोइरालाले आपत्ति जनाएका हुन् ।

अध्यादेशमार्फत् कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको उनको भनाइ छ । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई नभएको डा.कोइरालाले प्रष्ट गरेका छन् ।

सामाजिक सञ्जालमा कोइरालाले भनेका छन् – ‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’

सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याइएको भन्दै सरकारको चौतर्फी आलोचना समेत भइरहेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । अध्यादेश राष्ट्रपतिबाट ‘हुबहु’ जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?