यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

लोकपथ
91
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेका सातवटा निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार सार्वजनिक गरेका निर्णयमा मुलुकी फैजदारी कार्यविधि संहितामा पहिलो संशोधन अध्यादेश राष्ट्रपतिकहाँ पठाउनेसहितका निर्णयहरू छन् ।

सार्वजनिक सुझाब समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुईजना महिला सदस्य थप गर्ने निर्णय गरेको छ । त्यस्तै, गोदक–सोयक १३२ के.भी प्रशारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।  साथै, मन्त्रिपरिषद् बैठकले सहसचिव राम आधार साहलाई सचिवमा बढुवा गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?