अध्यादेश असंवैधानिक छ, तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेश गलत भएको भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत भएको उल्लेख गरेका छन् ।

उनले अध्यादेश असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत भएकाले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । अध्यादेशका बारेमा पार्टीभित्र कुनै छलफल नै नभएको भन्दै आफू विगतमा पार्टीको अडान अनुसार नै रहेको प्रष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?