सानिमा बैंकको दराजसँग १२.१२ योजनाका लागि सहकार्य

लोकपथ
39
Shares

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग १२.१२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम १ हजार २ सय १२ रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन् ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बताइएको छ । छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

योजना २०७९ मंसिर २६ देखि पौष ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३० वटा कार्यालय तथा १ सय २३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकका प्रमुख निक्षेप व्यवस्थापन रिटे रमिला श्रेष्ठले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?