आयोगले हटायो आजदेखि निर्वाचन आचारसंहिता

लोकपथ
26
Shares

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनसम्बन्धी आचारसंहिता हटेको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता हटेको जनाएका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गत असोज १२ गतेदेखि देशैभर आचारसंहिता लागू गरिएको थियो । यसबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गराइसकिएको आयोगले बताएको छ ।

गत मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । आयोगले निर्वाचन परिणामबारे एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन पेश गर्ने पनि बताएको छ । आचारसंहिताका कारण विकास निर्माणका कार्यक्रम तथा कर्मचारीका सरूवा, बढुवालगायत प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?