दलका नेताहरुले आफूलाई संविधानभन्दा माथि राखे – राजु चापागाईं, विज्ञ, संवैधानिक कानून (भिडियोसहित)

लोकपथ
777
Shares

काठमाडौं । राजनीतिक दलका उच्च नेताहरुमा संविधान र कानून उल्लंघन गर्ने प्रवृत्ति घातक रुपमा देखिएको संवैधानिक तथा मानवअधिकार कानूनका विज्ञ राजु चापागाईंले बताएका छन् ।

लोकपथ टिभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै उनले मुलुकको मूल समस्या नै दण्डहीनता रहेकाले यसलाई सम्बोधन नगर्ने हो भने जुनकुनै सरकार पनि सफल हुन नसक्ने प्रष्ट्याए ।

सरकारले राष्ट्रिय संस्थाहरुलाई दलीयकरण गर्न खोज्दा राष्ट्रिय मानवअधिकार आयोगले अन्तर्राष्ट्रियस्तरमै विश्वसनीयता गुमाउन पुगेको पनि चापागाईंले बताए ।

दलहरुले आफ्ना मान्छे भर्ती गर्ने निकायका रुपमा अदालतसम्मलाई प्रयोग गर्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश महाअभियोगको सुर्केनीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।

युद्ध र हिंसामा मुलुक नजाओस् भन्ने चाहना राख्ने हो भने राज्य सरकारहरुले सबै व्यक्तिको मानवअधिकार सुनिश्चित गराउन सक्नुपर्ने धारणा उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?