अध्यादेश प्रकरणमा योगेश भन्छन् : ‘यो कास्टिङमात्र हो पुरा सिरिज त आउन बाँकी नै छ’

लोकपथ
26
Shares

काठमाडौं । सरकारले मुलुकी फौचदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्ने अध्यादेश ल्याएकोमा एमाले सचिव योगेश भट्टराईले व्यंग्यात्मक अभिव्यक्ति दिएका छन् । भट्टराई यो अध्यादेश प्रकरणमा अहिलेसम्म भएका गतिविधि कास्टिङमात्र भएको र यसका सिरिज आउन बाँकी नै रहेको बताएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब, गठबन्धन रहुञ्जेल यो कास्टिङमात्र हो पुरा सिरिज त आउन बाँकी नै छ ।’

सरकारले फौजदारी अभियोगमा मुछिएका राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई जेलमुक्त गर्ने अभिप्रायले सो अध्यादेश ल्याउन लागिएको यतिबेला विरोध भइरहेकाे छ।

मंसिर ४ को निर्वाचनबाट आएका नयाँ प्रतिनिधिसहित संसदको अधिवेशन केही समयपछि सुचारु हुने तयारी भइरहेको बेला आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश मार्फत फौजदारी अभियोग लागेकाहरुको कारबाही फुकुवा गर्न सहज हुनेगरी अध्यादेश ल्याएको हो ।

राजनीतिक भागबण्डा मिलाउनका लागि सरकारले सो अध्यादेश ल्याउन लागेको भन्दै आलोचना भएको हो । सरकारमा सामेल हुन लागेको जनमत पार्टीका अध्यक्ष रेशम चौधरी लगायतलाई जेलमुक्त हुनेगरी सरकारले अध्यादेश ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?