मन्त्रिपरिषद् बैठकको निर्णय : मुलुकी अपराध संहिता संशोधन गर्न अध्यादेश ल्याउने

लोकपथ
21
Shares

काठमाडौं । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी अपराध संहिता संशोधन गर्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जसको प्रत्यक्ष लाभ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र विप्लव नेृतृत्वको नेकपाका नेता कार्याकर्तालगायतको मुद्दा फिर्ता लिनेमा हुनेछ । आज मन्त्रिपरिषदबाट निर्णय गरि ल्याउन लागिएको अध्यादेश स्वार्थपूर्ण रहेको आरोपसमेत लाग्न थालेका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मुलधारको राजनीतिमा ल्याएपनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको समेत मुद्दा फिर्ता हुन नसकेको छैन ।

यी दुबै पार्टीका मागलाई सम्बोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय भएको बताउँदै उनले अध्यादेशमा उल्लेख हुने भाषा मिलाएर राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको ती मन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?