६७ लाख ५० हजार कित्ता शेयर निष्काशन हुँदै

लोकपथ
65
Shares

काठमाडौं । सनिगाड हाइड्रो लिमिटेडको साधारण शेयर निष्काशन गरिने भएको छ । ६७ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

जारी पूँजी २ करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । उक्त कम्पनीको बझाङमा रहेको आयोजनाको निर्माण कार्य सम्पन्न भई केही साता भित्र विद्युत उत्पादन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?