ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ शुरु हुँदै

लोकपथ
21
Shares

काठमाडौं । अफर ११.११ को व्यापक सफलता पछि, दराजले वर्षको अन्तिम अभियान दराज १२.१२ घोषणा गरेको छ ।

मंसिर २६ (१२ डिसेम्बर) देखि शुरु हुने यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफ्ना मनपर्ने उत्पादनहरूमा थुप्रै, छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्नेछ भने कम्पनीको अनुसार १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने दराजको तरिका भएको भान दिलाएको छ ।

अभियानका मुख्य विशेषताहरूमा ७०% सम्मको मेगा डिल, ७ हजारसम्मको मेगा भाउचर, १ हजार २ सय १२ रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, २ लाख ७० हजारको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश छन् ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्ड मार्फत १२% (अधिकतम १ हजार २ सय १२) र डेबिट कार्ड मार्फत १०% (अधिकतम १ हजारसम्म)को छुट प्राप्त गर्ने दराजले जनाएको छ ।
एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले आफ्नो आई एम ई पे वालेटमार्फत भुक्तानी गरेमा १२% अधिकतम ३ सय ३३ को थप छुट पाउने बताइएको छ ।

प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट उत्कृष्ट छुट दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन् । ग्राहकहरूले केवल १ रुपैयाँमा निम्न पुरस्कारहरू जित्नका लागि भाग लिन सक्छनः स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन–डिजिटल वाटर हिटर, रेडमी ए १ र बोन हलिडेज ३ दिनको पोखरा टुर । सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्टमार्फत १ रुपैयाँ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?