९ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् ।

गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या बढेको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।
त्रिविले २०७४ जेठ १८ देखि २०७५ जेठ ३१ गतेसम्म त्रिविबाट उत्तीर्ण भएका विद्यार्थीलाई गत असोज ४ देखि कात्तिक ७ गतेसम्म दीक्षान्त समारोहमा भाग लिन विद्यार्थीको अनलाइन फारम भर्न माग गरेको थियो ।  

आगामी पुस १६ गते हुने दीक्षान्त समारोहको तयारी भइरहेको उनले बताए ।

 । दीक्षान्त समारोहमा भाग लिनेका लागि विद्यावारिधिका लागि तीन हजार, स्नातकोत्तर तहका लागि दुई हजार ३०० र स्नातक तहका लागि दुई हजार शुल्क लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?