राष्ट्र बैंकद्वारा खुला बजार कारोबार सम्बन्धी संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउन निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंंकले खुला बजार कारोबार सम्बन्धी संंशोधित कार्यविधि कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । आइतवार माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंंकले परिपत्र मार्फत भनेको छ, खुला बजार कारोबार तथा व्याजदर करिडोर सम्बन्धी उपकरणहरुको प्रयोगका सम्बन्धमा नेपाल राष्ट्र बैंक, खुला बजार कारोबार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ जारी गरिएको हुँदा माष्टर रिपर्चेज एग्रीमेन्ट तथा सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई उपरोक्त नियमावली तथा कार्यविधिमा गरिएको संसोधित व्यवस्थाहरुको पूर्ण कार्यान्वयन यही पुस एक गते देखि लागू हुने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?