सर्वोच्च प्रशासनको पत्रमा संसदका महासचिव गौतमले पठाए जवाफ

लोकपथ
91
Shares

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ पठाएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको भनी गौतमले लेखेको पत्रमाथि सर्वोच्च प्रशासनले प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको थियो ।

सोही पत्रको जवाफ दिँदै गौतमले आइतबार एक पत्रमार्फत् सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेकाले सोधिएका विषयको जवाफ पनि लिखित रुपमा पेश गर्ने जनाएको हो ।

संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख छ । सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?