सरकारमा सहभागि होला रास्वपा ? यस्ता छन् माग

लोकपथ
77
Shares

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि हुने संकेत देखिएको छ । समानुपातिकको समेत टुंगो लगाइसकेको रास्वपा आफ्ना एजेण्डासहित छलफलमा जुटेको छ ।

आफूहरुले अघि सारेका एजेण्डाहरु लागू हुने देखिए सरकारमा सामेल हुने रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले लोकपथलाई बताए ।आफूहरुले निर्वाचनमा गरेको वाचाहरु लिएर सरकारमा जानेबारे गठबन्धन दलहरुसँग छलफल भइरहेका ढकालले बताए ।

‘हामी भागबण्डाको आधारमा होइन एजेण्डाको आधारमा सरकारमा सामेल हुने वा नहुनेबारे छलफलमा छौँ ।’ उनले भने, ‘हामीले निर्वाचनका बेला गरेको वाचाहरु कहाँ बसेर पूरा गर्न सक्छौँ त्यही आधारमा निर्णय होला ।’ भ्रष्ट्राचार नियन्त्रण, स्वदेशमै रोजगारी, शिक्षा क्षेत्रको आमुल सुधार लगायतका एजेण्डाहरुको प्राथमिकताका लागि रास्वपालेल छलफल गरिरहेको छ ।

प्रत्यक्षमा ७ सहित समानुपातिकमा १४ सिट पाएको रास्वपा सरकार बनाउने निर्णायक शक्ति देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?