राष्ट्र बैंकद्वारा पुुनः १३ अर्ब रुपैयाँको ट्रेजरी आव्हान

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमवार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने मंसिर २७ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस २६ गते, २०७९ फागुन ३० गते, २०८० बैशाख जेठ ३० गते र २०८० मंसिर २६ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही मंसिर १९ गते पनि राष्ट्र बैंकले १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?