तीनवटै तहको सरकार मिलेर अघि बढे मुलुकमा कायापलट गर्न सकिन्छ : अध्यक्ष नेपाल

लोकपथ
26
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आईतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे । उनले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए । उनले भने, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढनु पर्दछ ।

एकले अर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुँन् ।’ उनले सबै पालिकामा जनताले पाउनुपर्ने न्यूनतम सुविधाबारे सबैले मनन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘महिला हिंसामुक्त पालिका होस् । छुवाछुत मुक्त मेरो पालिका हुन् । सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’ अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?