उपन्यासकार केशरीको ‘दुङाल’ लाई उत्कृष्ट साहित्य पुरस्कार

लोकपथ
21
Shares

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतले जानकारी दिए ।

दुई लाख रुपैयाँ नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जारी विज्ञप्तिमा उल्लेख छ ।

केशरीका यसअघि कथा सङ्ग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन् । उनको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?