नेदरल्याण्डका मुख्य प्रशिक्षक भान गालद्वारा राजीनामा

लोकपथ
133
Shares

काठमाडौं । नेदरल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।कतार विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित भएसँगै प्रशिक्षक भान गालले राजीनामा दिएका हुन् ।

शुक्रबार राति अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेदरल्याण्ड विश्वकपबाट बाहिरिएको थियो । ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?