समानुपातिक सांसदको नामावलीमा छानबिन शुरु, नाम सच्याउन दुई दिनको समय

लोकपथ
78
Shares

काठमाडौं । निर्वाचन आयोगले आफूसमक्ष दलहरुले पेश गरेको समानुपातिक पद्धतिमार्फत् सांसद बन्नेहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ । दलहरूले समानुपतिक तर्फको मतगणना सकिएसँगै निर्वाचन आयोगको तालिका अनुसार राजनीतिक दलहरुले शनिवार समानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

बन्दसूचीमा उल्लेख गरिएका नामावली भित्रैबाट दलहरुले समानुपातिक संसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउनेछ ।

शनिवार दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ ।

निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन शुरु भएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई  पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

समानुपतिक तर्फ अग्र स्थानमा रहँदै नेकपा एमालेले ३४ सिट र दोस्रो बनेको नेपाली कांग्रेसले ३२ सिट प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रले समान १४ सिट प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?