गोल्डेन बुट दौड : एमबाप्पे ५ गोलसहित अग्र स्थानमा, पच्छ्याउँदै मेस्सी

लोकपथ
1.4k
Shares

काठमाडौं । कतार विश्वकपको सेमिफाइनल समीकरण पूरा भईसकेको छ । फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्कोले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसेकेका छन् ।

४ देशमध्ये मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनलमा पुगेको हो । क्वाटर फाइनलको खेल सकिएसँगै अब गोल्डेन बुटको चर्चा हुन थालेको छ ।

अहिलेसम्म गोल्डेन बुटको दाबेदार खेलाडीमा फ्रान्सका केलियन एमबाप्पे रहेका छन् । उनले कतार विश्वकपमा ५ गोल गरिसकेका छन् ।

यस्तै अर्जेन्टिनाका लियोनल मेस्सी ४ गोलसहित गोल्डेन बुटको दाबेदारको सूचीमा रहेका छन् ।

को-को छन् गोल्डेन बुटको दाबेदार ? 

१) केलियन एमबाप्पे -५ गोल

२) लियोनल मेस्सी – ४ गोल

३) ओलिभर जेरुड – ४ गोल

४) कोडी गाक्पो – ३ गोल

५) मार्कुस राषफोर्ड – ३ गोल

६) अल्भारो मोराटा – ३ गोल

७) इनर भ्यालेन्सिया – ३ गोल

८) बुकायो साका – ३ गोल

९) रिचार्लिसन – ३ गोल

१०) गोन्कालो रामोस – ३ गोल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?