इंग्ल्यान्डलाई हराउँदै फ्रान्स कतार विश्वकपको सेमिफाइनलमा

लोकपथ
338
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको चौंथो क्वाटरफाइनल खेलमा इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा अग्रता कायम गरेको फ्रान्सका विरुद्ध इंग्ल्यान्डले पेनाल्टिमार्फत १ गोल फर्काएको थियो । तर, खेलको दोस्रो हाफको ७८ औँ मिनेटमा फ्रान्सका ओलिभियर ग्रिउडले गोल गर्दै अग्रता २–१ को अग्रता बनाएका थिए ।

तर, इंग्ल्यान्डले उक्त अग्रता तोड्न सकेन । इंग्ल्यान्डका लागि भने खेलको दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डका ह्यारी केनले गरेको गोल गरेका थिए ।

यता, फ्रान्सका लागि खेलको १७ औँ मिनेटमा अरुलिनले शुरुवाती गोल गरेका थिए । योसँगै फ्रान्स,मोरक्को, अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?