मोरक्कोसँगको हारसँगै पोर्चुगलको विश्वकप यात्रा टुंगियो

लोकपथ
195
Shares
DOHA, QATAR – DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team’s first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images) Morocco’s Youssef En-Nesyri celebrates after scoring the team’s first goal against Portugal on Saturday. (Justin Setterfield/Getty Images)

काठमाडौं । पोर्चुगललाई हराउँदै मोरक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राति कतारस्थित अल थुमामा रंगशालामा भएको खेलमा विजयी भएसँगै मोरोक्को सेमिफाइनलमा प्रवेश गरेको हो ।

मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो उत्तर अफ्रिकी देश बन्दै इतिहास रच्न सफल भएको छ । मोरोक्कोको जीतमा खेलको ४२ औं मिनेटमा  युसेफले गोल गरे ।

पहिलो हाफमा गोल खाएपछि नै दबाबमा रहेको पोर्चुगलले निर्धारित ९० मिनेटको खेलमा कुनैपनि गोल गर्न सकेन । हारसँगै पोर्चुगलको कतार विश्वकप २०२२ को यात्रा टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?