बेञ्चमा रहेका रोनाल्डोको दोस्रो हाफमा इन्ट्री

लोकपथ
147
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगल खेल्दै छन् । खेलको देस्रो हाफमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेका हुन् ।

पहिलो हाफमा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो मैदान बाहिर बेञ्चमा बसेका थिए । पहिलो रोजाइमा नपरेका उनले दोस्रो हाफमा भने मैदानमा प्रवेश पाए ।

यद्यपि पहिलो हाफमा पोर्चुगल १–० ले पछि परेको छ । पोर्चुगलविरुद्ध जारी विश्वकपको क्वार्टरफाइनलमा ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गोल गरेका हुन् ।

खेल अल थुमामा रंगशालामा चलिरहेको छ । आजको विजेता कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने छ । पहिलो हाफमा गोल खाएपछि भने पोर्चुगल दबाबमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?