यी हुन् अशोक राई पत्तीसहित चयन भएका जसपाका ५ समानुपातिक सांसद

लोकपथ
169
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

जसपाका नेता प्रमोद यादवले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानको नाम निर्वाचन आयोगसमक्ष सिफारिस भएको जानकारी दिए । यस्तै, महिलामा शुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको उनले बताए ।

सो पार्टीले प्रदेशतर्फ पनि समानुपातिक सांसदको नाम टुंग्याएर आयोगलाई बुझाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?