नेपाल समाजवादी पार्टीको बैठक सम्पन्न

लोकपथ
104
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको दुईदिनसम्म चलेको केन्द्रीय पदाधिकारीको बैठक आज सम्पन्न भएको छ । बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरुबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल भएको छ ।

पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पौष १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।

भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको नेपाल समाजवादी पार्टीले जानकारी दिएको छ । नेसपाका उम्मेद्वारहरुमध्ये सर्लाही २ मा प्रतिनिधिसभा सदस्यमा महीन्द्र राय यादव विजयी भएका छन् ।

त्यस्तै प्रदेशसभामा सिन्धुली र गोरखामा गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी हुँदा मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिकतर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने पनि निर्णय भएको छ ।

लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेशसभामा पठाउने निर्णय पनि बैठकले गरेको छ । बैठक नेसपाको केन्द्रीय कार्यालय सुविधानगर काठमाडौंमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?