एकीकृत समाजवादीले पनि छान्यो प्रदेशका समानुपातिक सांसद

लोकपथ
169
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार नौ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिवार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सुचिकृतमध्येबाट नौ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसमा प्रदेश १ बाट विद्या चाम्लिग, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ ।

त्यसैगरी, बागमती प्रदेशबाट आदिबासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ, खसआर्यबाट मायादेवी शर्मालाई छनोट गरेको छ भने लुम्बिनी प्रदेशमा खसआर्यबाट भगवती अधिकारी तथा कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदुरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?