एनएमबी बैंकले १०% बोनस र २०% नगद लाभांश दिने

काठमाडाैं : एनएमबी बैंकले अाफ्ना शेयरधनीहरूका लागि १०% बोनश शेयर र २०% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले यो गत अार्थिक बर्षमा अार्जन गरेको वितरणयोग्य नाफा तथा जगेडा कोषबाट लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । 

एनएमबीले गत अार्थिक बर्षमा १ अर्ब ८१ करोड २९ लाख रूपैयाँ लाभांश क्षमता कायम गरेको थियो । चुक्ता पूँजी ८ अर्ब ७४ करोड रहेको एनएमबीले बोनस वितरण गरेपछि चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख रूपैयाँ पु-याउनेछ । 

चालु अार्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले ५५ करोड ५ लाख रूपैयाँ खुद नाफा कमाएको छ, जुन गत अार्थिक बर्षको सोही अवधिको तुलनामा १८.८१% ले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?