म पनि युवाकालको खेलाडी हुँ : अध्यक्ष दाहाल

लोकपथ
52
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् ।

शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले खेलले युवाहरुको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको बताए ।

उनले खेलले हरेक देशको अर्थतन्त्रको विकासमा, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्ववन्धुत्वको दिशामा पनि खेल क्षेत्रले ठूलो भुमिका खेल्ने बताए । उनले आफूपनि युवाकालको खेलाडी भएकाले खेलप्रति विशेष रुची रहेको बताएका छन् ।

अध्यक्ष दाहालले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता योजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताए । नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो ।

हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो ।

भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?