कांग्रेस कर्णाली प्रदेशबाट ५ जना महिला बने समानुपातिक सांसद

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशबाट ५ जना महिला समानुपातिक सांसदमा चयन भएका छन् । जसमा दलित महिलातर्फ लक्ष्मी सुनार,जनजाति महिलातर्फ बलिमाय बुढा, खसआर्य महिलाबाट जानकी सिंह, विजया बुढा र इन्द्रकुमारी शाही चयन भएका हुन्।

सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद चयन गरेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट सातै जना महिलाले अवसर पाएका हुन् ।

दलित महिलातर्फ ललिता सुनार चयन हुँदा खसआर्यबाट मधु भारती, सरस्वती खड्का, जुना दानी, डम्बरी महरा र तुलसी देवकोटा चयन भएका छन्।

यस्तै, थारूतर्फ गीताकुमारी चौधरी पनि चयन भएको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?