कांग्रेसले चयन गर्यो ३२ जना समानुपातिक सांसद (नामावलीसहित)

लोकपथ
286
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिवार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले डाक्टर प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलगायत ३२ जनालाई सांसद बनाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको बताइएको छ ।

संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय भएको बताएइएको छ ।

यि हुन कांग्रेसबाट समानुपातिक सांसद बन्ने नेताहरु (नामावलीसहित) :-

आदिवासी जनजाति

१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन

खस आर्यतर्फ

९. अम्बिका बस्नेत
१०. सरिता प्रसाईं
११. आरजु राणा देउवा
१२. ईश्वरी न्यौपाने
१३. प्रतिमा गौतम
१४. मञ्जु खाँण
१५. रमा कोइराला पौडेल
१६. कान्तिका सेजुवाल
१७. मैना रावल कार्की

मधेसीतर्फ

१८. नागिना यादव
१९. मुक्ता कुमारी यादव
२०. चन्दा चौधरी
२१. संगिता मण्डल
२२. निनुकुमारी कर्ण

दलिततर्फ

२३. शान्ति विक
२४. रुपा विक
२५. सीता मिजार
२६. आशा विक

थारुतर्फ

२७. कल्पना चौधरी
२८. विनाकुमारी थनेत

मुस्लिम तर्फबाट

२९. जावेदा खातुन् जागा

तीन जना पुरुष

३०. जीवन परियार
३१. विमलेन्द्र निधि
३२. प्रकाशशरण महत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?