राप्रपा पाँचथरले अन्तरघात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने

लोकपथ
21
Shares

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले हालै सम्पन्न निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तालाई यथार्थ छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ ।

फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हित विपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो ।

जिल्ला अध्यक्ष कमल बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरुप जिल्ला मातहतका संगठनहरु गठन वा पुनःगठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी पुष १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरु परीचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा राप्रपाले फड्को मारेको बताएका छन् भने जिल्ला सहसचिव सञ्जिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको समिक्षा भेलामार्फत जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?