समानुपातिक सांसद चुन्न दलहरुलाई आज अपरान्ह ४ बजेसम्मको समय

लोकपथ
42
Shares

काठमाडौं । समानुपातिक सांसद चयनका लागि निर्वाचन आयोगले दलहलाई दिइएको समय आज अपरान्ह ४ बजे समाप्त हुँदैछ ।

आयोगले दिएको समयसीमाको अन्तिम दिन दलहरू समानुपातिक सांसद चयन गर्न छलफलमा जुटेका छन्। निर्वाचन आयोगमा असोज २ र ३ गते पेश गरेको बन्दसुची र प्राप्त सिटका आधारमा सांसद चयनका लागि दलहरू छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमा छलफल गरिरहेको छ । त्यस्तै, नेकपा एमालेले पनि पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। माओवादी केन्द्रले भने सम्पूर्ण जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ र माओवादीले १४ सिट प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमतले ५–५ सिट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?