क्रोएसियासँग पराजित भएसँगै ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

लोकपथ
189
Shares

काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् । ब्राजिल क्रोएसियासँग पराजित भएसँगै मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।

शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो । ६१ वर्षीय प्रशिक्षक २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

डुंगाले छाडेपछि उनी ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो । उनको नेतृत्वमा ब्राजिलले ८१ खेल खेल्दा ६० खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?