विश्वकप फुटबल : सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

लोकपथ
609
Shares

काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने भएका छन् । गएराति भएका क्वार्टरफाइनलका खेलमा यी दुई टीम विजय भएसँगै सेमिफाइनलमा भेट पक्का भएको हो ।

शुक्रबार राति भएको खेलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई परावित गर्यो । क्रोएसियाले ब्राजिललाई ४–२ गोल अन्तरले पराजित भएको हो ।

यस्तै शनिबार बिहानीपख सम्पन्न भएको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पाखा लगायो । अर्जेन्टिनाले पनि पेनाल्टी सुटआउटमै नेदरल्याड्सलाई हराएको हो ।

अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल १४ डिसेम्बरको राति पौने १ बजे हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?