कतार विश्वकप : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

लोकपथ
104
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गतको दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले शुरुवाती अग्रता कायम गरेको छ । नेदरल्याड्सविरुद्धको खेलमा अर्जेन्टिनाले १–० गोलको अग्रता कायम गरेको हो ।

खेलको पहिलो हाफको ३५ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी मोलिनाले गोल गरेका हुन् । स्टार खेलाडी मेस्सीको सटिक पासमा उनले गोल गर्न सफल भएका हुन् । देशका लागि २५ खेल खेलिसकेका मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

यस्तै, आजै भएको पहिलो क्वाटर फाइनल खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?