संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले संसद् सचिवालयसँग सूचना माग गरेका छन् ।अध्यक्ष यादवले सूचना हकको ऐन २०६४ बमोजिम संसद् सचिवालयसँग सूचना माग गरेका हुन् ।

उनले लिखित निवेदन दर्ता गर्दै पछिल्लो संसद्को पाँच वर्षे २०७४ देखि २०७९ सम्मको कार्यकालमा सांसदहरुमा तलब एवम् अन्य सुविधामा खर्च भएको कुल रकमको प्रमाणित प्रतिलिपी माग गरेका छन् ।

त्यस्तै, उनले संसद्को पछिल्लो पाँच वर्षमा सांसदहरुले लिएको भत्ता, संसदीय कोषमार्फत खर्च भएको रकम र तलब भत्ता नलिई राष्ट्रलाई सहयोग गरेको सांसदहरुको सूची पनि माग गरेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?