सरकार र नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा धर्ना कार्यक्रम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकबाट विभिन्न समयमा जारी भएका नीतिहरूका सन्दर्भमा सम्बन्धित निकायहरुमा विभिन्न चरणमा औपचारिक तथा अनौपचारिक भेटघाट गर्दै समस्याको समाधानको लागि अनुरोध गरिए पनि कुनै सुनुवाई नभएको कारण नाडाले पत्रकार सम्मेलन गरि आन्दोलनका माग र कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

सरकार र नेपाल राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा दबाव सिर्जना गर्न एशोसिएशनले यही मंसिर २२ गते माइतिघर मण्डलामा बिहान ११ बजे देखि २ बजेसम्म धर्ना कार्यक्रम सम्पन्न गरेको थियो । उक्त धर्ना कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापाले सरकारको अमैत्रीपूर्ण नीतिका कारण व्यवसायीहरुले भोग्नु परिरहेको पीडा र समस्याहरु बारे चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधिहरुले समेत आन्दोलनप्रति एक्येवद्धता जनाउदै आ–आफनो धारणा व्यक्त गरेका थिए । त्यसैगरी, सो धर्ना कार्यक्रममा नेपाल हेवी इक्यूपमेण्टस व्यवसायी संघ, नेपाल अटोमेकानिक्स व्यवसायी संघका प्रतिनिधिहरुले समेत सो धर्ना कार्यक्रमप्रति एक्येवद्धता जनाउदै आ–आफनो धारणा व्यक्त गरेका थिए ।

करिब एक हजारकोे संख्यामा उपस्थित भएका व्यवसायीहरुले सो धर्ना कार्यक्रममा कालो लुगा र कालो पट्टी लगाएर विभिन्न नाराहरु लेखिएका पम्पलेटहरु बोकी विरोध जनाएका थिए । उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघलगायत नेपाल टिपर तथा ट्रक व्यवसायी समिति तथा नेपाल रिकण्डीसन व्यवसायी संघले समेत ब्यानरसहित एक्येवद्धता जनाएका थिए ।

उक्त धर्ना कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले नाडाको कार्यक्रममा एक्येवद्धता जनाउँदै नाडाले गर्ने आन्दोलनका कार्यक्रमहरुमा सहभागी हुने बताएका थिए । सोही दिन नाडाका ७ वटै प्रदेश एशोसिएशनहरुले आ–आफनो प्रदेशमा एकैसाथ धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

सो विरोध कार्यक्रमको सम्पूर्ण संयोजन नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका संयोजक सुनिल रिजालले गरेको थिए भने सो कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्र उप्रेतीले गरेका थिए । सो विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी, सो कार्यक्रममा निराकार श्रेष्ठ, आकाश गोल्छा, प्रकाश कपुरी, अनुपकुमार बराल, अभिक ज्योति, कपिल शिवाकोटी निलमणी पाठक, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, दिपक अग्रवाल र शोहन श्रेष्ठ लगायतका केन्द्रीय कार्य समिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?