सिद्धार्थ र्इन्स्योरेन्सको ३५% हकप्रद नेप्सेमा सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ र्इन्स्योरेन्सको ३५% हकप्रद शेयर सूचिकरण गरिदिएको छ । 

सिद्धार्थले गत असार १७ देखि साउन २० गतेसम्म अाफ्ना शेयरधनीका लागि जारी गरेको २२ लाख ४४ हजार ९७३.५० कित्ता शेयर नेप्सेले सूचिकरण गरिदिएको हो । 

चुक्तापूँजी ८६ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको सिद्धार्थले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड ६६ लाख ६१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 

हाल सिद्धार्थको प्रतिशेयर बार्षिक अाम्दानी २१ रूपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?