रिलायन्स लाइफ इन्स्योरेन्स र बिएनसी अस्पतालबीच सम्झौता

लोकपथ
39
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोडस्थित बिएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ । सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर क्षितिज घिमिरेका साथै स्थानिय ब्रान्च मेनेजरहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम पश्चात् इन्स्योरेन्सले इटहरीस्थित सनसाईन मेडिकल एण्ड डाईगोनोसिस सेन्टर र बिराटनगरस्थित ओम साई मेडिकल ल्याब सँग पनि मेडिकल अन्डर राइटिंग को लागि सम्झौता गरेको छ ।

कम्पनीका ग्राहकवर्गलाई छिटो, छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ । यो भन्दा पहिले पनि धेरै स्थानमा रहेका अस्पताल तथा मेटिलकल कलेजरुसँग सम्झौता गरि मेडिकल चेक अपलाई सहज बनाउनमा ठूलो सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?