फुटबल देखाउने फिल्म हललाई कारबाही हुने

लोकपथ
39
Shares

काठमाडौं । केहि फिल्म हलहरूले मंसिर २३ गतेदेखि विश्वकप फुटबल देखाउने सन्दर्भमा ति फिल्म हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रमा उल्लेख भए बमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सुचित गरेको छ ।

चलचित्र प्रदर्शन गर्न दिईएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही भैजाने ब्यहोरासहित नेपालभरका जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थ दिँदै बोर्डले पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?