क्वाटरफाइनलको पहिलो खेल : क्रोएसियाभन्दा ब्राजिल बलियो

लोकपथ
195
Shares

काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा आज क्रोएसिया र ब्राजिलबीच खेल हुँदैछ ।

क्रोएसिया र ब्राजिलबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ आज राति पौने ९ बजे शुरु हुनेछ। साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ भने ब्राजिलपनि विश्व विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

राउण्ड अफ १६ मा जापानलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको क्रोएसियाले पाँच पटकको च्याम्पियन ब्राजिललाई क्वाटरफाइनलमा पाएको हो । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो ।

यस्तो छ हेड टु हेड :-

दुई टोलीबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिलले तीन खेलमा जितेको छ र एक खेल बराबरीमा सकिएको छ । यसरी हेर्दा ब्राजिल क्रोएसियाभन्दा बलियो देखिएको छ ।

आज क्रोएसियाका तर्फबाट डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, एन्ड्रेज क्रमारिच, मार्को लिभाजा, इभान पेरिसिचले सम्भावित सुरुआती–११ मा परेका छन् ।

त्यस्तै, ब्राजिलका तर्फबाट एलिसन, एडर मिलिटाओ, थियागो सिल्भा, मार्किन्होस, डानिलो, कासेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, रिचार्लिसन, भिनिसियस जुनियरलगायत खेल्ले सम्भावना रहेको छ । प्लेयर्स टु वाच मा क्रोएसियाका लुका मोड्रिच र ब्राजिलका नेयमार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?