महाभियोग निष्प्रभावी भएको पत्र पठाउनुमा जालसाजीपूर्ण मिलेमतो छ : वरिष्ठ अधिवक्ता थापा

लोकपथ
28
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित संसद्का महासचिव डा.भरतराज गौतमले जालसाजी गरेर महाभियोग निष्प्रभावी भएको पत्र तयार गरेको तर्क गरेका छन् । उनले निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सहभागि हुँदै वरिष्ठ अधिवक्ता थापाले संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी पत्र लेख्नु मानहानीको विषय मात्र नभएको बताएका हुन् । उनले भने, ‘अहिले धारा र उपधाराको प्रश्न होइन । जे आदेश दिइयो के त्यो ठीक छ त? यो मुद्दा न्यायिक आदर्श र विश्वसनीयताका लागि हो । त्यो पत्र भनेको राजद्रोहात्मक छ ।

संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी कसैले पत्र लेख्छ भने त्यो मानहानीको मात्रै विषय हो र ? यो संसद्को महासचिवले चोलेन्द्र शमशेरको निवेदनमा कसरी जवाफ दिन सक्छन् ?’ पहिले नै गौतम र जबराले जालसाजी गरेको उल्लेख गर्दै थापाले भने, ‘निलम्बित प्रधानन्यायाधीश र महासचिवको दुषित जालसाजीको परिणामको पत्र भएको बताए ।

उनले भने, ‘यसमा पहिल्यै मिलेमतो छ । नभए त्यस्तो पत्र कसरी तयार हुन्छ ? सामान्य अवस्थामा त्यस्तो पत्र दर्ता त हुँदैन ।’ वरिष्ठ अधिवक्ता थापाले एकै पटक सर्वोच्चमा दुई जना व्यक्तिले प्रधानन्यायाधीशले झण्डा हालेर हिँड्न नमिल्ने बताए । राष्ट्रपतिले पत्र पठाउनुप¥यो तपाईं कायममुकायम हुनुभएन भन्नुपर्ला त्यसको आफ्नै विधि छ होला । उनले भने, ‘चोलेन्द्रले जे गर्न खोजे त्यो मजाक हो ।’

संसद्का महासचिवलाई महाभियोग निष्प्रभावी भएको भनेर पत्र लेख्ने अधिकार नै नभएको पनि थापाले जिकिर गरे । निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा जारी छ । रिटमाथि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?