प्रदेशसभा निर्वाचनका लागि एमाले र माओवादी कहाँ–कहाँ लड्दै (भागबण्डासहित)

काठमाडौं, ३ कात्तिक–आगामी मंसिर १० गते हुने प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति भएको छ ।३२ जिल्लाका ७४ प्रदेशसभा सिटमध्ये एमालेले ४१ सिट पाएको छ भने माओवादीले ३३ सिट पाएको छ ।सहमतिअनुसार एमालेले दोलखा (ख), रामेछाप (क) तथा (ख), रसुवा (क), ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङको (क) तथा संखुवासभा (क) मा उम्मेदवार उठाउनेछ ।प्रदेशसभाका अरु जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङ (क) मा पनि एमालेलेमात्रै उम्मेदवार उठाउनेछ भने संखुवासभा (ख) सोलुखुम्बु (क) र (ख) तथा सिन्धुपाल्चोक २ को (ख) मा पनि एमालेले उम्मेदवारी दिनेछ ।यसैगरी सिन्धुपाल्चोक२ (क), नुवाकोट १ (ख), नुवाकोट २ (ख), लमजुङ (क) र (ख), धादिङ १ (क), धादिङ २ (क) तथा मनाङ (क) र (ख) दबैमा एमालेको उम्मेदवारी रहनेछ ।यसैगरी मुस्ताङको (क) र ख तथा म्याग्दी र गोरखा (ख) एवम् बागलुङ (क) मा पनि एमालेको उम्मेदवार रहनेछ ।यस्तै बागलुङ २ (ख), डोल्पा( क), जुम्ला (ख),कालिकोट(क), जाजरकोट (क) र (ख) तथा मुगु (क) र (ख) मा पनि एमालेकै उम्मेदवार हुनेछन् ।यसैगरी बझाङ(क), बाजुरा (क र ख), बैतडी (ख), दार्चुला (क) मा पनि एमालेको उम्मेदवार रहनेछन् र माओवादी केन्द्रले ती स्थानमा उम्मेदवार उठाउने छैन ।यसैगरी माओवादी केन्द्रको प्रदेशसभामा भाग परेको ३२ सिटमा नुवाकोट २ (ख), धादिङ १ ख) तथा धादिङ २ (ख) परेको छ । यसैगरी गोरखा १(क), गोरखा २ (क र ख) बागलुङ १ (ख), बागलुङ२(क) र म्याग्दी (क) पनि माओवादीको भागमा परेको छ ।यस्तै रोल्पा (क र ख) , रुकुम पूर्व (क र ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला ख माओवादी केन्द्रको भागमा परेको छ । ति स्थानमा एमालेको उम्मेदवार हुने छैनन् र माओवादी केन्द्रलाई सघाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?