एमाले सचिवालय बैठक शनिबार बस्ने गरी स्थगित

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एमाले) को आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लोकपथलाई जानकारी दिए ।

केही आन्तरिक तयारीका लागि बैठक भोली बिहान ११ बजेसम्मका लागि सारिएको उपमहासचिव ज्ञवालीले बताए । नेकपा (एमाले) ले समानुपातिक सांसद चयन गर्न र चुनावी समीक्षाका लागि सचिवालय बैठक राखिएको थियो ।

एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ । समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्न लागिएको हो । निर्वाचन आयोगले राजनीतिक दललाई शनिबार समानुपातिकतर्फको सांसदको नाम पठाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?