सातामा शेयर बजार : नेप्से १९ सय १७ दशमलव २८ अंकमा सिमित

लोकपथ
39
Shares

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) यो साता पनि खुम्चिएको छ । नियमित कारोबारको लागि नेप्से सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये तीन कार्य दिन लगातार ओरालो लागेको नेप्से पहिलो कारोबार दिन भने सामान्यरुपमा बढेको थियो । तर यो बढाईले नेप्से सूचक तथा कारोबार रकममा खासै सुधार आउन सकेन् । जसअनुसार नेप्से सातामा १ हजार ९ सय १७ दशमलव २८ अंकमा खुम्चिन पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ६४ अंकमा खुम्चिन पुगेको छ । यो साता सबै समूहका गरी कुल दुुई सय ४६ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट ९० हजार सात सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा सातामा कुल पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैयाँको कारोबार हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता दुुई सय ४१ वटा कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसबाट एक लाख १० हजार नौ सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौ सय ६९ कित्ता शेयर किनबेच भएको थियो भने कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ पुगेको थियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से बढेको थियो भने दोस्रो, तेस्रो र चौंथो दिन नेप्से घटेको थियो । पाँचौ दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

सो मध्ये पहिलो दिन दुई दशमलव १६ अंकले बढेर १ हजार ९ सय ६३ दशमलव २२ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन भने २४ दशमलव ४६ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव ७६ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पनि चार दशमलव ८७ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव ८८ अंकमा खुम्चिएको नेप्से चौंथो दिन पुन १६ दशमलव ६१ अंकले घटेर १ हजार ९ सय १७ दशमलव २८ अंकमा झरेका थियो ।

यसैगरी पहिलो दिन एक दशमलव १७ अंकले बढेर तीन सय ८४ दशमलव ८३ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने पाँच दशमलव १९ अंकले घटेर तीन सय ७९ दशमलव ६४ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पनि एक दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव आठ खुम्चिएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन चार दशमलव ४४ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ६४ बिन्दुमा झरेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक लगायतका कम्पनीहरुको बढी संख्यामा सेयर किनबेच भएका छन् । यसैगरी बजार पूँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा) :-

दिन         कम्पनी संख्या     कारोबार संख्या        कित्ता         कारोबार रकम

पहिलो दिन      २४३                  २५१५              ३६९४०८४      १५६१७०२९९२
दोस्रो दिन        २४०                  २६४७५             ४१२७२८६     १६७०४५५०३४.६३
तेस्रो दिन         २३८                  १९१२१            २५८१४२५      ९६५२१०८९९.१४
चौंथो दिन        २४६                  २००३१            ८०९२७१९     १६५४६६२५५०.९९
पाँचौ दिन   ———————- सार्वजनिक बिदा————————–
कुुल                                    ९०७७७            १८४९५५१४     ५८५२०३१४७५.१४

                               (श्रोतः नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?