भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिन्छ : प्रधानमन्त्री

लोकपथ
39
Shares
r’gfjL ;ef ;Daf]wg 88]Nw’/f, #) sflQsM k|wfgdGqL tyf g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf 88]Nw’/fsf] efu]Zj/ –# l:yt af]u6fdf a’waf/ cfof]lht r’gfjL ;efnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् ।

भ्रटाचारविरद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गरेको कार्यक्रममा देउवाले भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागिपरेको बताए ।

‘आज भ्रष्टाचारविरद्ध ऐक्यबद्धता जाहेर गर्ने दिन हो । भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पुरा गर्न सकिन्छ’, देउवाले भने, ‘भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागेको छ ।’

देउवाले भ्रष्टाचारविरद्ध सचेतना कार्यक्रम गर्न जरुरी रहेको पनि बताए । असल अभ्यासको अनुसरण गरेर भ्रष्टाचार अन्त्य गर्दै सदाचार र सुशासनको कार्यमा लाग्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?