संवैधानिक इजलासमा जबराको निलम्बन फुकुवाविरुद्धको रिटमा सुनुवाई हुँदै

लोकपथ
39
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको निलम्बन फुकुवाविरुद्धको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको शुक्रबार संवैधानिक इजलासमा हुने भएको छ । संसद सचिवालयका महासचिव भरत गौतम चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावि भएको पत्रविरूद्ध सर्वाेच्चमा रिट दायर गरिएको थियो ।

सर्वोच्च अदालतले कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ ।
उक्त इजलासमा बरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

सर्वोच्च अदालत बारका अध्यक्ष पुर्णमान शाक्यसहितले गौतमले जवरालाई दिएको निलम्बन फुकुवाविरुद्ध रिट बुधबार सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?