कतार विश्वकप : सेमिफाइनलमा स्थान बनाउन ब्राजिल र क्रोएसिया खेल्ने

लोकपथ
156
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलका खेल आज बाट शुरु हुँदै छन् । खेल तालिका अनुसार आज हुने पहिलो क्वाटर फाइनल खेलमा ब्राजिल र क्रोएसियाले खेल्ने भएका हुन् ।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।

जस मध्येको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रवार खेल हुनेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार राति पौने ९ बजे सुरु हुनेछ ।दुवै टोली सेमिफाइनल पुग्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा मैदानमा उत्रने छन् ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल शनिवार राति पौने ९ बजे तथा तेस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स शनिवार राति पौने १ बजे खेल्नेछन् । क्वाटरफाइनलको अन्तिम खेलमा आइतवार राति पौने १ बजे फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?