समानुपातिक उम्मेदवार टुंग्याउन राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई समावेशी सिद्धान्तका आधारमा समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम शनिबार ४ बजेभित्र पठाउन दलहरूलाई पत्र लेखेसँगै सांसद चयनबारे छलफलका लागि बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने र चुनावी समीक्षासमेत गरिने उनले जानकारी दिए । राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ ।

समानुपातिक सांसद क–कसलाई पठाउने भनेर छलफल गर्न लागिएको हो । यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ । राप्रपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?